PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

तनहुँकी संक्रमित महिलाको चितवनमा मृत्यु



पहिलोपोस्ट

तनहुँकी संक्रमित महिलाको चितवनमा मृत्यु

काठमाडौं : तनहुँकी एक कोभिड-१९ संक्रमित महिलाको चितवनमा उपचारका क्रममा मृत्यु भएको छ।

तनहुँको व्यास वडा नं. ०८ की ५४ वर्षीया महिलाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा आइतवार बिहान ११:१६ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

कात्तिक २९ गते श्वास प्रश्वासमा समस्या भई अस्पतालमा भर्ना भएकी उनमा सोही दिन कोभिड-१९ को संक्रमणको पुष्टि भएको थियो। उनको कोभिड आईसीयू कक्षमा भेन्टिलेटरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनको आइतवार बिहान मृत्यु भएको हो।

मृतक महिलामा उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी रोगसमेत रहेको अस्पतालले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell