PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

रियालिटी सोमार्फत‍् 'भर्चुअल आइडल'को खोजी, प्रतिस्पर्धी सबै एनिमेटेड



पहिलोपोस्ट

रियालिटी सोमार्फत‍् 'भर्चुअल आइडल'को खोजी, प्रतिस्पर्धी सबै एनिमेटेड

चीनको रियालिटी सो 'डाइमेनसन नोभा' यस वर्ष फरक देखिएको छ। प्रतिस्पर्धामा सम्पूर्ण प्रतिस्पर्धी भर्चुअल छन्।

चिनियाँ स्ट्रिमिङ प्ल्याटफर्ममार्फत् प्रसारण हुने कार्यक्रममा ३ चर्चित निर्णायकले नयाँ स्टार चयन गर्नेछन्। १ सय ५० भन्दा बढीबाट छानिएका ३१ जना प्रतिस्पर्धीहरू मञ्चमा देखिनेछन्। निर्णायकहरूका अगाडि सबैले प्रत्यक्ष प्रस्तुति दिनेछन्। तर, ती प्रतियोगी टूडी वा थ्रीडी एनिमेटेड कार्टुन हुन्।

उनीहरू व्यक्तित्व, स्टाइल वा पृष्ठभूमिको कथा र प्रस्तुतिका आधारमा चयन हुने जनाइएको छ।

'मलाई भिडियो गेम खेल्न लागेको महसुस भइरहेको छ', निर्णायक एन्जेलबेबीले पहिलो अङ्कमा भनेकी थिइन्।

कार्यक्रम निर्माता लिउ जियासाओले बीबीसीसँग भनेका छन्,'हामीले यस कार्यक्रमका लागि शून्यबाट सुरु गरेका छौं। यसरी फरक विधाका भर्चुअल आइडल छान्ने काम यसअघि गरेका छैनौं।'

उनले यस्तो कार्यक्रमका लागि अत्याधुनिक प्रविधिको प्रयोग अन्य चुनौती अगाडि आउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell