PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

गाँजाका कारण पक्राउ परे भारती सिंहका श्रीमान पनि, दुई साता न्यायिक हिरासतमा रहने



पहिलोपोस्ट

गाँजाका कारण पक्राउ परे भारती सिंहका श्रीमान पनि, दुई साता न्यायिक हिरासतमा रहने

लोकप्रिय कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचिया डिसेम्बर ४ सम्म न्यायिक हिरासतमा रहने भएका छन्। उनीहरू ड्रग्स प्रयोगका कारण गिरफ्तार भएका हुन्।

बलिउडमा ‘ड्रग कनेक्सन’ बारे अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले भारतीलाई शनिवार र हर्षलाई आइतवार पक्राउ गरेको हो। उनीहरूको घरबाट गाँजा बरामद भएको बताइएको छ।

दुवैले गाँजा सेवन गर्ने स्वीकारेका छन्। उनीहरूविरुद्ध नार्कोटिक ड्रग्स एण्ड साइकोट्रोपिक सब्स्ट्यान्समार्फत् मुद्दा दर्ता भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell