PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

कांग्रेस प्रवक्ताको चेतावनी : भड्काउबाट टाढा छौं, कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्



पहिलोपोस्ट

कांग्रेस प्रवक्ताको चेतावनी : भड्काउबाट टाढा छौं, कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्

काठमाडौं : प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो पार्टी पाँच वर्ष सरकारमा सहभागी नहुने दाबी गरेका छन्।

सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सहकार्यका लागि सभापति देउवालाई प्रस्ताव गरेको समाचार बाहिरिए पछि शर्माले पनि सरकारमा सहभागी हुने योजना नभएको प्रष्ट पारेका हुन्।

उनले आइतवार ट्विट गर्दै पाँच वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश  भएकाले कुनै पनि भड्कावबाट टाढा रहनेर भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।उनले नेकपाको द्वन्द्वसँग निरपेक्ष भएको भन्दै जोड घटाउमा कांग्रेसको टाउको नगन्न चेतावनी दिएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell