PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

कोरोना संक्रमणका कारण जनस्वास्थ्य अधिकृतको निधन



रासस

कोरोना संक्रमणका कारण जनस्वास्थ्य अधिकृतको निधन

लहान : कोरोना भाइरस संक्रमणका कारण आइतवार सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ।

सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो।

सप्तरीको राजविराज नगरपालिका-२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करिब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell