PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा बमलाई सेनाले पार्‍यो निष्क्रय



रासस

कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा बमलाई सेनाले पार्‍यो निष्क्रय

सिमकोट : नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका-६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ।

सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आइतवार बिहान कार्यालय खोल्ने क्रममा मूलगेट अगाडि शङ्कास्पद वस्तु भेटिएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीसहित सशस्त्र प्रहरी बल र सेनाको टोलीले निरीक्षण गर्दा बाल्टिन बम र सकेट बम रहेको पुष्टि भएको थियो।

ती बम सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए। जिल्लाको सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell