PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

तीन जिल्लाका सीडीओ फेरिए : काठमाडौंमा पराजुली र भक्तपुरमा भट्टराई



पहिलोपोस्ट

तीन जिल्लाका सीडीओ फेरिए : काठमाडौंमा पराजुली र भक्तपुरमा भट्टराई

काठमाडौं : काठमाडौं उपत्यकाभित्रका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा भएका छन्। त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका हुन्।

काठमाडौंका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डे सरुवा भएका हुन्। काठमाडौंमा गृह मन्त्रालयले काली पराजुलीलाई पठाएको छ भने भक्तपुरमा प्रेम भट्टराई आएका हुन्।

प्रेम भट्टराई यसअघि भने धनुषाका प्रमुख जिल्ला अधिकारी थिए। पराजुली भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएका हुन्।
उनको ठाउँमा धनुषामा बन्ध बाँस्तोलालाई पठाइको छ। सीडीओ दाहाल र पाण्डेलाई भने गृहमन्त्रालयमा सरुवा गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell