PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ



रासस

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

दमक : झापाको दमक-१ का चूडामणि भण्डारीलाई आफ्नी श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। कमल-६ जोगीचौंनस्थित आफ्नो खेतमा गएका समयमा भण्डारीले अन्दाजी ३७ वर्षीया श्रीमती टीकामाया पौडेललाई आइतवार साँझ धारिलो हतियार प्रहार गरेर हत्या गरेको अभियोग लागेको छ।

भण्डारीले श्रीमतीको किन हत्या गरे भन्ने विषय खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell