PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

मापसेपछि एकापसमा कुटाकुट हुँदा एक जनाको मृत्यु



रासस

मापसेपछि एकापसमा कुटाकुट हुँदा एक जनाको मृत्यु

रोल्पा : मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ। शनिवार राति दुई जनाबीच मापसेपछि कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नम्बर ५ छाप बस्ने भीमराज घर्तीको आइतवार ज्यान गएको हो।

कुटाकुट हुँदा घाइते भएका ५६ वर्षीय घर्तीलाई उपचारका लागि पहिले राप्ती विज्ञान प्रतिष्ठान दाङ र पछि मेडिकल कलेज कोहलपुरतर्फ लैजादै गर्दा आइतवार बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेश सुवेदीले बताए। कुटपिटमा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय मोहन विकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell