PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

मुकेश चौरसिया मृत्यु प्रकरणका मुख्य प्रतिवादी पक्राउ



पहिलोपोस्ट

मुकेश चौरसिया मृत्यु प्रकरणका मुख्य प्रतिवादी पक्राउ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता मुकेश चौरसिया मृत्यु प्रकरणका मुख्य प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि फरार रहेका पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ ईटियाहीका ३८ वर्षीय अखिलेश प्रसाद चौरसिया भन्ने अशेसर प्रसाद चौरसियालाई प्रहरीले आइतवार पक्राउ गरेको हो।

लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले खोज तलास गर्दै जाने क्रममा उनलाई आइतवार पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २५ स्थित अलौ सिर्सियाबाट नियन्त्रणमा लिएको हो। उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत कात्तिक ६ गते पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनी गाँउस्थित सेलर मिलको भवनमा नेकपा विन्दवासीनी गाँउपालिका कमिटीद्वारा सपथ ग्रहण गराउने क्रममा कार्यक्रम स्थल बाहिर नेकपाका दुई पक्षबीच झडप भएको थियो। सो क्रममा बाँसको भाटाले एक अर्कालाई प्रहार गर्ने क्रममा मुकेश चौरसिया घाइते भइ उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell