PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

जाडोबाट जोगिन धमाधम न्यानो कपडा तयार

जाडोबाट जोगिन धमाधम न्यानो कपडा तयार

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : देशभर जाडो बढेको छ। मंसिरको पहिलो हप्ताबाट चिसो बढेसँगै न्यानो बनाउने कपडाको माग बढेको छ। यही मेसोमा न्यानो कपडा तयार गर्ने चटारो छ उत्पादकहरुलाई।

बनस्थलीस्थित वाइल्ड स्पोर्ट्स्का कामदारलाई पनि यस्तै चटारो छ। २५ वर्ष अघिदेखि सञ्चालनमा आएको यस स्पोर्टस्बाट नेपालभित्रमात्र हैन स्पेनदेखि स्वीजरल्यान्डसम्म जाने गर्छ तयारी कपडा। सुपर भाइजर नवराज राईका अनुसार यसपटक अघिल्लो वर्षहरुमा झैं माग छैन।

कोरोना महामारीले गर्दा मागमा कमी आएको उनले बताए। त्यसो त कामदार पनि घटेका छन्। भएका कामदारलाई भने काममा भ्याईनभ्याई रहेको उनको भनाई थियो।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell