PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

शंकाकै भरमा श्रीमतीको हत्या!



पहिलोपोस्ट

शंकाकै भरमा श्रीमतीको हत्या!

काठमाडौं : श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई नियन्त्रणमा लिएको छ।

आइतबार झापाको दमक नगरपालिका वडा नम्बर १ बस्ने ४७ वर्षीय चूडामणि भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। आइतबार साँझ भण्डारीले ३९ वर्षीया श्रीमती टिकादेवी पौडेललाई धान खेतमा काम गरिरहेको अवस्थामा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै उनीसँग धान खेतमा काम गरिरहेका ३५ वर्षीय प्रकाश चन्द दाहाललाई खुकुरी प्रहार गरी घाइते भएका छन्। उनको अहिले दमकस्थित एक अस्पतालमा उपचार भइरहेको डिएसपी थापाले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमती माथि शङ्का लागेपछि खुकुरी प्रहार गरेको खुलेको छ।

इलाका प्रहरी कार्यालय दमकको टोलीले अभियुक्त भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell