PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पाँच वैवाहिक कार्यक्रममाथि पाँच फरक गीत, मेहेन्दीदेखि रत्यौलीसम्म भिडियोमा



पहिलोपोस्ट

पाँच वैवाहिक कार्यक्रममाथि पाँच फरक गीत, मेहेन्दीदेखि रत्यौलीसम्म भिडियोमा

काठमाडौं : मंसिरलाई विवाहको मौसम पनि भनिन्छ। नेपालका हिन्दु परम्परा अनुसार मंसिरदेखि विवाहको लगन सुरु हुन्छ। त्यसैले यस महिनामा विवाह सम्बन्धी गीतहरू सार्वजनिक हुन्छन्। यस वर्ष वैवाहिक समारोह केन्द्रित पाँच फरक गीत एकसाथ सार्वजनिक भएका छन्। विविध परम्परा झल्काउने फरक भिडियो बनाइएको हो।

गीतकार विनिता खनालको गीति एल्बम ‘लगनगाँठो’मा उक्त गीतहरू समावेश छन्।  एल्बममा ‘आयो है आयो’ (मेहेन्दी गीत), ‘धुतुरी धुतुरी बाजा बजाई’ (जन्ती गीत), ‘दौरा सुरुवाल चिटिक्कै' (रत्यौली गीत), ‘विदाई गर्न छोरी तिमीलाई’ (दुलही अन्माउने गीत) र ‘छमछम पाउजु’ (रिसेप्सन गीत) रहेका छन्।

आइतवार आयोजित गीत विमोचन कार्यक्रममा ‘मेहेन्दी’ यूट्युबमा सार्वजनिक गरिएको छ। रत्यौली, जन्ती, विदाई र रिसेप्सन गीत भने क्रमशः मंसिर ८, ९, ११ र १२ गते ओएसआर डिजिटल यूट्युब च्यानलबाट सार्वजनिक हुनेछन्। विवाहका यी पाँचैवटा गीतका भिडियोलाई सुव्रत राज आचार्यले निर्देशन गरेका हुन्।

‘लगनगाँठो’ एल्बममा समावेश गीतमा किरण कँडेलको एकल संगीत छ। ‘आयो है आयो’ गीतमा प्रविशा अधिकारी, ‘धुतुरी धुतुरी बजा बजाई’ मा मेलिना राई र श्रीवास्तव खरेल, ‘दौरा सुरुवाल चिटिक्कै’ मा मिना निरौला, ‘विदाई गर्न छोरी तिमीलाई’ मा वानिका प्रधान र ‘छमछम पाउजु’ मा निकिता थापा र प्रताप दासले स्वर भरेका छन्।

पाँचवटै विवाहका गीतको भिडियोमा विजु पार्की र रेश्मा घिमिरे दुलहा-दुलहीको भूमिकामा छन्। अभिषेक श्रेष्ठ, गरिमा शर्मा, शर्मिला मल्ल, शिशिर राणा, सम्झना बुढाथोकी, रश्मी भट्ट, हेमन्त गौतम, दिभास्ना त्वानको पनि भिडियोमा अभिनय छ। गीतको भिडियोका छायाँकार उत्सव दाहाल र उत्तम हुमागाईं हुन्। भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन्।

दिपेन गौतम माइकल प्रोडक्सन डिजाइनर र सन्तोष कार्की प्रोडक्सन म्यानेजर रहेको भिडियोका असिस्टेन्ट डाइरेक्टर साइव्रत आचार्य हुन्। त्यस्तै, भिडियोकी क्रियटिभ डाइरेक्टरको रुपमा जया शर्मा छिन्। दिपेन्द्र तिमल्सिनाले ‘रत्यौली’, सुरेन्द्र बसेलले ‘मेहेन्दी र रिसेप्सन’ र सुवोल थापाले ‘जन्ती’ गीतको भिडियोमा कोरियोग्राफी गरेका छन्। गीतको भिडियो आकर्षक सेटअपमा खिचिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell