PahiloPost

Jul 13, 2025 | २९ असार २०८२

७६ घण्टाको प्रयासपछि जम्मूमा भेटियो पाकिस्तानी ‘चरमपन्थी’ले बनाएको सुरुङ



पहिलोपोस्ट

७६ घण्टाको प्रयासपछि जम्मूमा भेटियो पाकिस्तानी ‘चरमपन्थी’ले बनाएको सुरुङ

जम्मूको सांबा सेक्टरमा अन्तर्राष्ट्रिय सीमाको ठीक मुनि आइतवार भारतीय सुरक्षा बलले एक सुरुङ भेटेको छ। द हिन्दुसँग जम्मू प्रहरीका डिजिपीले भनेका छन्,’उक्त सुरुङ भारतमा चरमपन्थी समूहकाहरूलाई पठाउनका लागि बनाइएको थियो जो विहीवार नागरोटामा मारिएका थिए।‘

त्यस अपरेशनमा बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) पनि प्रहरीको साथ थियो। बीएसएफका अनुसार उक्त सुरुङ एक सय पचास मिटर लामो र ३ फिट चौडाइ रहेको बताइएको छ।

जम्मूका प्रहरी महानिर्देशक दिलबाग सिंहले भनेका छन्,’हामी ती आतंकवादी कहाँबाट भारत छिरे भन्ने बुझ्न उत्सुक थियौं। ७६ घण्टाको प्रयासपछि उक्त सुरुङ पत्ता लाग्यो। जुन पाकिस्तानको चकबुरा पोस्टबाट सुरु हुन्छ।‘

दिलबागका अनुसार १८ नोभेम्बरको रात भारमा आएका ४ आतंककारीले उक्त सुरुङ प्रयोग गरेको बताइएको छ। मारिएका चारै जनाको फोन, जुत्ता, औषधी लगायत पाकिस्तानमा बनेका हुन्। सुरुङ छोप्न बनाइएको बोरा पनि पाकिस्तानी भएको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell