PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

एसएसपी सिंहले आजबाट काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले



पहिलोपोस्ट

एसएसपी सिंहले आजबाट काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले

काठमाडौं: प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मेबारी सम्हालेका छन्।

सिंहले आज बिहानबाट काठमाडौं प्रहरी प्रमुखको जिम्मेबारी सम्हालेका हुन्। गृहमन्त्रालयले मंसीर ५ गते काठमाडौं लगायतस्थानका ३३ जना एसएसपीको सरुवा गरेको थियो। त्यस्तै यसअघि काठमाडौं परिसरका प्रमुख रहेका एसएसपी श्याम ज्ञवालीको विदाई समेत गरिएको छ।

त्यसै गरि महानगरीय प्रहरी परिसर ललितपुरमा पनि एसएसपी किरण बज्रचार्याले जिम्मेबारी सम्हालेकी छिन्। महानगरीय ट्राफिक प्रहरी महाशाखामा पनि आजै एसएसपी भीमप्रसाद ढकालको बदाई तथा एसएसपी जनक भट्टराइको स्वागत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell