PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

नेपाली काँग्रेसका मोहनप्रसाद पाण्डेले लिए समानुपातिक सांसदको सपथ



पहिलोपोस्ट

नेपाली काँग्रेसका मोहनप्रसाद पाण्डेले लिए समानुपातिक सांसदको सपथ

काठमाडौं : नेपाली काँग्रेसका तर्फबाट समानुपातिक सांसद मोहनप्रसाद पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। सभामुख अग्निप्रसाद सापकोटाले सोमवार दिउँसो संघीय संसद सचिवालय सिंहदरवारमा पाण्डेलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्।

समानुपातिक तर्फका सांसद सूर्यबहादुर केसीको कात्तिक १७ गते राति निधन भएको थियो। स्थापित व्यवसायीसमेत रहेका उनी नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत थिए। कांग्रेसले रिक्त स्थानमा स्याङ्जाका पाण्डेलाई मनोनयन गर्ने निर्णय गरेको थियो।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell