PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

आठौं ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भर्चुअल्ली हुने



पहिलोपोस्ट

आठौं ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ भर्चुअल्ली हुने

काठमाडौं : मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने ‘नेपाल मानव अधिकार अन्र्तराष्ट्रिय चलचित्र महोत्सवको आठौं संस्करण भर्चुअल्ली हुने भएको छ। महोत्सव १० देखि १५ सम्म अनलाइन महोत्सव हुनेछ।

कोभिड–१९ का कारण पूर्व निर्धारित मितिमा महोत्सव नहुने भएको हो।

महोत्सवमा ५२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका लगायत देखाइने छ। महोत्सवमा चलचित्रहरु चलचित्र टिभी एपमार्फत् प्रसारण हुनेछ। अन्य छलफल, अन्तर्क्रिया तथा वहसहरु जुममार्फत् गरिने  बताइएको छ।

महोत्सवमा चलचित्र प्रसारण पछि ‘एसियाली सिनेमामा महिलाः उपयुक्त चित्रण सहभागिता’, ‘नेपाली सिनेमा युवाः हामी के हेर्न चाहान्छौं’ अल्पसंख्यक। सिमान्कृत समुदाय सवालः सिनेमाको भूमिका विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग छलफल पनि गरिनेछ।

राष्ट्रिय मानव अधिकार आयोगको सह– आयोजना, चलचित्र विकास बोर्डको प्रवद्र्धन र युरोपियन युनियन, नेपालका लागि जर्मनी दूतावास, शान्तिका लागि कला, आई.ओ. एम. लगायतको सहकार्य र दजनौं संघसंस्थाको एक्यवद्धतामा महोत्सवको आयोजना हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell