PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

११ गते भारतीय विदेश सचिव नेपाल आउने, यस्तो छ कार्यक्रम



पहिलोपोस्ट

११ गते भारतीय विदेश सचिव नेपाल आउने, यस्तो छ कार्यक्रम

काठमाडौं : भारतका विदेश सचिव हर्ष हर्षवर्द्धन श्रींगला नोभेम्बर २६ (मंसिर ११ गते) मा नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालयले श्रींगलाको नेपाल भ्रमणको औपचारिक मिति घोषणा गरेको हो। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा उनी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन्। परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गर्दै भ्रमण दुई मित्रराष्ट्रबीच उच्चस्तरी भ्रमणको निरन्तरताको रुपमा व्याख्या गरेको छ।

भ्रमणको पहिलो दिन ११ गते परराष्ट्र सचिवस्तरीय द्वीपक्षीय छलफल हुने मन्त्रालयले जनाएको छ। छलफलका क्रममा दुई देशबीचको साझेदारीका विषयमा छलफल हुने बताइएको छ।

लामो समय देखि दुई देशबीच देखिएको सीमा विवादको विषयमा छलफल हुने वा नहुने भन्ने विषयमा मन्त्रालयले खुलाएको छैन।

त्यस्तै सोही दिन नै श्रींगलाले नेपालका उच्च स्तरीय भेट गर्ने मन्त्रालयले जनाएको छ। उनले क-कसलाई भेट गर्ने हुन् भन्ने खुलाइएको छैन। त्यस्तै उनले कोभिड-१९ विरुद्धको लडाइमा भारत सरकारको तर्फबाट सहयोगसमेत हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

विदेशमन्त्री श्रींगला १२ गते स्वदेश फर्किने छन्।

यसैबीच भारतीय विदेश मन्त्रालयले पनि विदेशसचिवको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ। उसले श्रींगलाको नेपाल भ्रमण नियमित उच्च स्तरीय भ्रमणको परम्परा भन्दै यसले नेपालसँगको सम्बन्धलाई भारतको प्राथमिकता रहेको जनाएको छ। भारतीय विदेश मन्त्रालयले पनि दुई देशबीचको सीमा विवादका विषयमा उल्लेख गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell