काठमाडौँः ललिता निवास प्रकरणमा मुद्दा चलाइएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधरण तारेखमा रिहा भएका छन्। सोमबार अदालतमा उपस्थित भएका उनलाई साधरण तारेखमा रिहाको आदेश भएको हो। यसअघि पनि उपस्थित भएका अधिकांश आरोपितहरु धरौटीमा रिहा भएका थिए। अदालतले जोशीलाई भने साधरण तारेखमा नै रिहा गरेको हो।
न्यायाधीशहरु प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले जोशीलाई साधरण तारेखमा रिहा गरेको हो।
अख्तियारले जोशीसँग सात करोड आठ लाख ४८ हजार बिगो दाबीसहित मुद्दा दायर गरेको थियो। करिब चार महिना मन्त्री भएका जोशीको नाम ललिता निवास जग्गा प्रकरणमा जोडेर मुद्दा चलाइएको थियो।
