PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए : ९१ जना डिस्चार्ज, ११ जनाको मृत्यु



फूलमाया पुरी

प्रदेश १ मा २२८ कोरोना संक्रमित थपिए : ९१ जना डिस्चार्ज, ११ जनाको मृत्यु

विराटनगर : पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीका दुई महिलासहित ५ जना रहेका छन्। त्यस्तै, इलाममा २ पुरुष, झापामा १ महिला र १ पुरुष तथा मोरङमा दुई पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यससँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३४३ पुगेको छ।

प्रदेश १ मा आज २२८ जना कोरोना संक्रमित थपिएका छन्। झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३/३, तेह्रथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार झापाको दमकमा ४९, मेचीनगरमा ९, कनकाईमा ८, भद्रपुरमा ६, विर्तामोडमा ५, अर्जुनधारामा ४, कमल गाउँपालिका, कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा २/२, हल्दिबारी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १/१ जना संक्रमित थपिएका छन्।

त्यस्तै, सुनसरीको इटहरी र धरानमा २०/२०, बराहक्षेत्रमा ४, बर्जुमा ३, इनरुवामा २, रामधुनी र भोक्राहानरसिंहमा १/१ मा संक्रमण देखिएको छ।

त्यसैगरी, मोरङको विराटनगरमा २४, बेलबारी, रंगेली र सुन्दरहरैचामा २/२, पथरीशनिश्चरे, बुढीगंगा, लेटाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ। 

यता संखुवासभाको चैनपुरमा १, मकालुमा १०, ताप्लेजुङको फुङलिङमा ९, पाथीभरा याङवरकमा १, खोटाङको खोटेहाङमा ४, इलामको इलाम नगरपालिकामा २, स्थानीय तह नखुलेका १, उदयपुरको त्रियुगामा २, चौदण्डीगढीमा १, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र चौविसेमा १/१, तेह्रथुमको लालीगुराँसमा १, भोजपुरको आमचोकमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा आज ९८५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये ८० महिला र १४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ८४ हजार ३९९ जनाको पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमितको संख्या २५ हजार ५१८ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ९१ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८७, मेची अस्पतालबाट ३ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ९९० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell