PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

सीपमूलक तालिम सञ्चालन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनबीच सम्झौता



फूलमाया पुरी

सीपमूलक तालिम सञ्चालन गर्न मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनबीच सम्झौता

विराटनगर : प्रदेश १ सरकार अन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनबीच सीपमूलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ।

विश्वविद्यालय अन्तर्गतको विराटनगर-१४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीपमूलक तालिम सञ्चालन गर्न ५ वर्षका लागि सम्झौता भएको हो। प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेसनको सहकार्यमा सञ्चालित अपाङ्गता पुर्नस्थापनासम्बन्धी कार्यक्रमका विभिन्न सीपमूलक तालिम र विश्वविद्यालयका सीप मुलक तालिम सञ्चालनका लागि २०८२ भदौ मसान्त सम्मका लागि सम्झौता गरिएको विश्वविद्यालयका प्रशासन प्रमुख मदन प्रधानले जानकारी दिए।

सम्झौता अनुसार विराट क्याम्पसको भवनमा तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि आवश्यक मर्मतको कार्य करुणा फाउण्डेसनले गर्ने भएको छ। त्यस्तै, फाउण्डेसनले मर्मतका लागि करिब ५० लाख रुपैयाँको लागत स्टिमेट तयार गरेको छ।

विराटनगर १४ को विराट क्याम्पसको सम्पत्ति र दायित्व मनमोहन विश्वविद्यालयलाई गत भदौ ४ गते हस्तान्तरण गरिएको थियो। विराट क्याम्पसका अध्यक्ष भूराज राईले करिब ४० करोड रुपैयाँको सम्पत्ति तथा दायित्व विश्वविद्यालयका प्रमुख सुवास श्री पोखरेललाई हस्तान्तरण गरेका थिए।

मनमोहन प्राविधिक विश्वविद्यालय अहिले पाठ्यक्रम तयारीमा रहेकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न करिब १ वर्ष लाग्ने हुँदा तत्कालका लागि प्रदेश सरकारले सीपमूलक तालिम तथा श्रोत केन्द्र सञ्चालन गर्न लागेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। सामाजिक विकास मन्त्रालय र मनमोहन प्राविधिक विश्वविद्यालय अन्तगर्तका तालिम विराट क्याम्पसको भवनबाट शुरु गरिने मन्त्री उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell