PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

ग्यास बुलेटको ठक्करबाट चितवनमा मोटरसाइलकमा सवार दुई जनाको मृत्यु



पहिलोपोस्ट

ग्यास बुलेटको ठक्करबाट चितवनमा मोटरसाइलकमा सवार दुई जनाको मृत्यु

चितवनः भारतीय नम्बर प्लेटको ग्यास बुलेटको ठक्करबाट चितवनमा दुई जनाको मृत्यु भएको छ। मोटरसाइकलमा सवार दुई जनाको ठक्करपछि उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार करिब साढे ६ बजे राप्ती नगरपालिका ७ को हार्द्धिक चोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बुलेटले सोही दिशाबाट आइरहेको प्रदेश नं. ३-००२ प ११८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट राप्ती नगरपालिका ५ का नवराज दनै र सचिन दनै घाइते भएका थिए। दुबै जनालाई उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा मृत्यु भएको हो।

घटनाको विरोधमा स्थानीयले केहीबेर राजमार्ग अवरुद्ध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell