PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

ठूलो परिमाणको लागुऔषधसहित एक जना पक्राउ



रासस

ठूलो परिमाणको लागुऔषधसहित एक जना पक्राउ

तनहुँ : ठूलो परिमाणको लागुऔषधसहित तनहुँमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-६ ढुङ्गागाडे घर भएका हेडडिम भन्ने ३१ वर्षीय पूर्णबहादुर दमै रहेका छन्।

शङ्कास्पद रुपमा हिँडिरहेको अवस्थामा पृथ्वी राजमार्गअन्तर्गत व्यास नगरपालिका-१२ घाँसीकुवाबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। शङ्का लागि शरीरको तलासी गर्दा उनले पछाडि बोकेको झोलाभित्र प्लास्टिकले पोका पारी लुकाइछिपाई राखेको अवस्थामा ११७ थान लागुऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

उनका अनुुसार फेला परेका लागुऔषधमा डाइजोपम ३९, नुरफिन ३९ र फिनारगन ३९ थान रहेका छन्। पक्राउ परेका दमैलाई सोमवार नै तनहुँ जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell