PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

गण्डकी प्रदेशमा १२९ जनामा कोरोना पुष्टि, १६७ जना संक्रमणमुक्त



रासस

गण्डकी प्रदेशमा १२९ जनामा कोरोना पुष्टि, १६७ जना संक्रमणमुक्त

पोखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना संक्रमित थपिएका छन् भने १६७ जना संक्रमणमुक्त भएका छन्। पछिल्लो एक हप्ताको तथ्याङ्कले थपिने संक्रमितभन्दा निको हुनेको संख्या बढेको देखाएको छ।

प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ११ हजार १९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।

प्रदेशमा हालसम्म निको हुनेको संख्या छ हजार ३९८ छ भने सक्रिय संक्रमितको संख्या चार हजार ६५१ पुगेका छन्। प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell