PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

ट्राफिक प्रहरीको तथ्याङकः पछिल्ला वर्ष उपत्यकाको सडक दुर्घटनामा परि मृत्यु हुने दर घट्यो



पहिलोपोस्ट

ट्राफिक प्रहरीको तथ्याङकः पछिल्ला वर्ष उपत्यकाको सडक दुर्घटनामा परि मृत्यु हुने दर घट्यो

काठमाडौंः महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ अनुसार काठमाडौं उपत्यकाभित्र हुने सडक दुर्घटनामा कमी आएको देखिएको छ। आर्थिक वर्ष २०७६/७७ मा सवारी दुर्घटनामा परि मृत्यु हुनेको सङख्यामा ३७ दशमलव ७९ प्रतिशतले कमी आएको प्रहरीले जानकारी दिएको छ।

महाशाखाको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा परि २५४ जनाको मृत्यु भएको थियो। तर आर्थिक वर्ष २०७६/७७ मा यो सङख्या घटेर १ सय ५२ मा पुगेको हो।

त्यस्तै चालु आर्थिक वर्षको चार महिनामा दुर्घटनामा परी ५० जनाले ज्यान गुमाइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell