PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

बालिका हत्याको विरोधमा बर्दिवास तनावग्रस्त



पहिलोपोस्ट

बालिका हत्याको विरोधमा बर्दिवास तनावग्रस्त
फाइल फोटो

काठमाडौं: बालिका हत्याको विषयलाई लिएर महोत्तरीको बर्दिवास नगरपालिका तनावग्रस्त बनेको छ।

स्थानिय तथा आफन्तले हत्याको विरोध गर्दै आगजनी तथा सडक अबरुद्ध गरेका छन्। बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो। घर आँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ हराएकी थिइन्।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको थियो। बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईँले जानकारी दिए। बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ।

घटना बलत्कारपछि हत्या भएको भन्दै स्थानिय र आफन्तले बिरोध गरेका हुन्।' घटनाको अनुसन्धान भइरहेको छ। स्थिति समान्य बनाउन लागिरहेका छौं।' एसपी टिकाबहादुर केसीले भने। अभियुक्तको भनिएका साहको घरमा स्थानियले तोडफोड तथा आगजनी गरेका छन्।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको छ। पक्राउ परेका साह किराना पसल संचालक हुन्। उनले आफूले घटना स्वकार गरेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell