PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

‘अनलाइन ट्यालेन्ट शो’ सम्पन्न, पुरस्कार वितरण कोभिड-१९ संकट टरेपछि



पहिलोपोस्ट

‘अनलाइन ट्यालेन्ट शो’ सम्पन्न, पुरस्कार वितरण कोभिड-१९ संकट टरेपछि

काठमाडौं : हिमालयन एकेडेमीको ‘अनलाइन ट्यालेन्ट शो’ सम्पन्न भएको छ। सिर्जनात्मक प्रतियोगिताको उपाधि अनुभव थपलियाले चुमेका छन्।

प्रतियोगिता फस्ट रनर्सअप नित्या शर्मा भइन् भने सेकेण्ड रनर्सअपको उपाधि खावात सुब्बाले जिते। खगेन्द्र अधिकारी र बिन्दिया खड्का तेस्रो र चौथो रनर्सअप बने।  

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डाक्टर अर्जुन कार्कीले कलाकारिता क्षेत्रको महत्वबारे बोले। भने,’कला क्षेत्रको उत्थानका लागि सरकारले जहिले पनि साथ सर्मथन दिन्छ।‘

त्यस्तै हिमालयन म्यूजिक एकेडेमी अध्यक्ष गजमेरले विजेताहरूको पुरस्कार कोरोना महामारीको संकट टरेपछि भव्य कार्यक्रम आयोजना गरी वितरण गर्ने बताए।

प्रतिस्पर्धामा प्रथम भएकालाई २५ सय डलर, तथा द्धितिय र तृतियलाई क्रमश १५ सय र १ हजार डलर र अन्यलाई शान्तवना पुरस्कार दिने बताइएको छ।

कार्यक्रममा अभिनेत्री सांरगा श्रेष्ठ, अर्जुन रसाइली, विकास थुलु, सन्तोष रामदाम र गोपी दाहाल निर्णायक रहेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell