PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

हतियार सहित मोरङबाट एक पुरुष समातिए



पहिलोपोस्ट

हतियार सहित मोरङबाट एक पुरुष समातिए

काठमाडौंः मोरङ प्रहरीले हतियार सहित एक जनालई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट डिएसपी मानबहादुर राईको कमाण्डमा खटिएको टोलीले मिक्लाजुङ गाउँपालिका वडा नम्वर १ बाट ५८ वर्षीय अमृत बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

घरमा राखेको टोटा बन्दुक (१२ बोर) एक थान र खाली केही खोका र बारुद समेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell