PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, चालकको अवस्था गम्भीर



एम बम

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, चालकको अवस्था गम्भीर

कैलाली : बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

आज दिउँसो झुलाघाटबाट गोठालापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप झुलाघाट बैतडी सडक खण्डको बुढ्ढा नजिकै दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार घटनामा ५ जना घाइते भएका छन्। घाइतेमध्ये बैतडीको दशरथ चन्द नगरपालिकाका गोपाल सिंह कार्कीको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि धनगढी पठाइएको छ। उनी जीपका चालक हुन्।

अन्य घाइतेहरूलाई जिल्ला अस्पताल ल्याइएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक मोहन साउदले बताए। जीप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell