PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नाटक ‘बोक्सीको घर’माथि फिल्म बन्दै, कलाकारका लागि अडिशन आह्वान हुने



पहिलोपोस्ट

नाटक ‘बोक्सीको घर’माथि फिल्म बन्दै, कलाकारका लागि अडिशन आह्वान हुने

काठमाडौं : नाटक ‘बोक्सीको घर’माथि फिल्म बन्ने भएको छ। नाटककार सुलक्षण भारतीको लेखन तथा निर्देशन रहनेगरी फिल्म बन्ने भएको हो। फिल्ममा सुव्रतराज आचार्यको संयुक्त निर्देशन रहनेछ।

२०७३ मा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ समीक्षात्मक हिसाबमा सफल ठहरिएको थियो। नाटकमा रङ्गकर्मी सरीता गिरीको एकल अभिनय रहेको थियो।

केकी अधिकारी फिल्मसले निर्माण गर्ने चलचित्रमा अभिनेता गौरव पहारी र अभिनेत्री केकी अधिकारीको पनि मूख्य भूमिका रहनेछ। अन्य पात्रहरूका लागि कलाकार छनौट प्रक्रिया अघि बढेको छ। जसका लागि आगामी साता खुला अडिशन आह्वान गरिनेछ।

‘विगत डेढ महिनादेखि हामी वर्कसप र प्रिप्रोडक्सन चरणमा छौं। चार महिनाको वर्कसपपछि चलचित्रको छायांकन थालिनेछ’, सुलक्षण भारतीले भने।

यथार्थपरक फिल्म ‘बोक्सीको घर’मा समेटिने अधिकांश घटना र दृश्य विगतदेखि अहिलेसम्म समाजमै घटेका वा घटाइएका घटनाहरूमा आधारित छ।

फिल्मलाई रंगकर्मी एवं निर्देशक बद्री अधिकारीले निर्माण गर्दैछन्। कार्यकारी निर्माता विशाल भण्डारी रहेका छन्। ‘कोहलपुर एक्सप्रेस’ र टेलिभिजन कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’पछि यो टिमले तेश्रो प्रोजेक्टका रूपमा ‘बोक्सीको घर’ निर्माण गर्न लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell