काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार ७९० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमण हुनेको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ३६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा दुई हजार ७९१ जना संक्रमित संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। योसँगै हालसम्म संक्रमण पुष्टि भएका मध्ये दुई लाख ४ हजार ८५८ जना संक्रमित संक्रमण मुक्त भइसकेका छन्।
हाल नेपालमा १७ हजार ८५९ संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
