PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

घुस लिएको अभियोगमा बन रक्षकविरुद्ध मुद्दा



रासस

घुस लिएको अभियोगमा बन रक्षकविरुद्ध मुद्दा

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन बन कार्यालय मुर्गिया, रुपन्देहीका बन रक्षक प्रेमचन्द्र विश्वकर्माविरुद्ध मंगलवार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए।

आयोगले गरेको अनुसन्धानमा सेवाग्राहीसँग बन रक्षकले घुस लिएको समेत पुष्टि भएको छ। आयोगले आरोपी वन रक्षक विश्वकर्माविरुद्ध बिगोअनुसारको कारबाहीको माग गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell