PahiloPost

Jul 29, 2025 | १४ साउन २०८२

जुम्लाका आठ वटै स्थानीय तहमा खुले सामुदायिक विद्यालय



रासस

जुम्लाका आठ वटै स्थानीय तहमा खुले सामुदायिक विद्यालय
फाइल फोटो।

खलङ्गा : जुम्लाका आठ वटै स्थानीय तहले सामुदायिक विद्यालय खोलेका छन्। नयाँ शैक्षिक सत्रसँगै हिउँदे पठनपाठनका लागि सामुदायिक विद्यालय खुलेका हुन्। कोरोना महामारीका कारणले पठनपाठन अवरुद्ध रहेका सामुदायिक विद्यालय खोल्ने जिम्मा स्थानीय तहलाई दिइएपछि पठनपाठनका लागि खुला गरिएको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए।

उनले भने, ‘गाउँपालिकामा कोरोना संक्रमितको सङ्ख्या शून्य भएकाले गाउँपालिकाको शिक्षा समितिको निर्णयअनुसार पालिकाभित्र सबै विद्यालय सञ्चालन गरी पठनपाठन भएको छ।’

विद्यार्थीको पढाइलाई ध्यानमा राखी नगरपालिकाभित्रका सबै सामुदायिक तथा निजी विद्यालय खोल्ने अनुमति दिइएपछि केही विद्यालयले पढाइ चलाएको नगरपालिकाका उपप्रमुख अप्पसरादेवी महतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell