PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सेवारत कर्मचारीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्न रजिस्ट्रारहरुको मागः यस्तो छ राष्ट्रिय सम्मेलनको घोषणापत्र



पहिलोपोस्ट

सेवारत कर्मचारीलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्न रजिस्ट्रारहरुको मागः यस्तो छ राष्ट्रिय सम्मेलनको घोषणापत्र

काठमाडौँः देशभरका अदालतहरुका रजिस्ट्रार तथा स्रेस्तेदारहरुले न्यायपालिकामा सेवारत कर्मचारीबाट सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने व्यवस्था कार्यान्वयनको माग गरेका छन्। पहिलो राष्ट्रिय सम्मेलनको घोषणापत्र जारी गर्दै उनीहरुले संविधानको व्यवस्था कार्यान्वयन नहुँदा सर्वोच्च अदालतको न्यायाधीश तथा नेतृत्वमा समेत सेवारत कर्मचारी पुग्नबाट बञ्चित भइरहेको भन्दै ध्यानाकर्षण गराएका हुन्।

सम्मेलनको ध्यानाकर्षणमा भनिएको छ, ‘अदालतहरुमा कार्यरत कर्मचारीहरु न्याय सम्पादन प्रक्रियाका महत्वपूर्ण सारथी हुन् भन्ने कुरामा विमति रहन सक्तैन। यस्तो महत्वपूर्ण भूमिका एवम् जिम्मेवारीमा रहेका अधिकृत कर्मचारीहरुबाट संवैधानिक व्यवस्थाको अक्षर, मर्म र भावना अनुरुप हालसम्म माथिल्लो तहको अदालतको न्यायाधीशको पदमा नियुक्ति हुन सकेको छैन। साथै, उच्च अदालतमा समेत योग्यता पुगेका अधिकृत कर्मचारीहरुबाट सम्मानजनक, सारभूत र समानुपातिक प्रतिनिधित्व हुनेगरि न्यायाधीशको पदमा नियुक्ति भएको अवस्था छैन। यस प्रकारको विसङ्‍गत परिपाटी रहिरहेमा अदालतमा सेवारत क्याडरका जनशक्तिहरु न्याय सम्पादनको माथिल्लो तह सर्वोच्च अदालत र न्यायिक नेतृत्वमा पुग्नसक्ने अवस्था देखिँदैन। यसर्थ तहगत अदालतको न्यायाधीशको पदमा नियुक्ति गर्दा उल्लेखित अवस्थाको सम्बोधन हुने गरी विद्यमान संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयनको वैधानिक अपेक्षा राख्दै यो सम्मेलन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गर्दछ।ु

संविधानमा न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणी ९सहसचिव० वा सोभन्दा माथिल्लो तहमा कम्तिमा १२ वर्ष काम गरेको व्यक्ति सर्वोच्च अदालतमा नियुक्त हुन सक्ने व्यवस्था छ। सो व्यवस्था कार्यान्वयनको माग सम्मेलनमा गरिएको हो।

पढ्नुस् घोषणापत्रको पूर्णपाठ

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell