PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पारस खड्का ‘आइसीसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयन



रासस

पारस खड्का ‘आइसीसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डका लागि मनोनयन

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘आइसीसी मेन्स एसोसिएट प्लेयर अफ दि डिकेड’ अवार्डको मनोनयनमा परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले मंगलवार सार्वजनिक गरेको सूचीमा पूर्व कप्तान खड्का दशकको उत्कृष्ट क्रिकेटरमध्ये एसोसिएट विधाको मनोनयनमा परेका हुन्।

मनोनयनमा नेपालबाट खड्कासँगै स्कटल्यान्डका तीन तथा नेदरल्यान्ड्स र पपुवा एण्ड न्यूगिनीका एक एक खेलाडी परेका छन्। स्कटल्यान्डका रिची बेरिनटन, केल कोइजर र कोलम म्याकलियोड तथा नेदरल्यान्ड्सका पिटर बोरेन र पपुवा एन्ड न्युगिनीका असद भालासमेत मनोनयनमा परेका छन्।

आइसीसीले विश्व क्रिकेटको पुरुष तथा महिला खेलाडीलाई विभिन्न विधामा अवार्ड प्रदान गर्दै आएको छ। यस वर्ष आइसीसीले दशकको क्रिकेट खेलाडी (महिला तथा पुरुष), दशकको पुरुष टेस्ट खेलाडी, दशकको एकदिवसीय खेलाडी (महिला तथा पुरुष), दशकको टी-२० खेलाडी (महिला तथा पुरुष), दशकको एसोसिएट खेलाडी (महिला तथा पुरुष) र आइसीसी स्पिरिट अफ क्रिकेट अफ दि डिकेड विधामा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

अवार्डका लागि मनोनयनमा परेका खेलाडीलाई मत दिन आइसीसीले आफ्नो वेभपोर्टलमा व्यवस्था गरेको छ। आइसीसीले सो अवार्ड आगामी पुस २ गते घोषणा गर्ने जनाएको छ। गत वर्ष खड्काले नेपाली टोलीको कप्तानी छाडेका थिए। खड्का २००९ मा विनोद दासको ठाउँमा नेपाली टोलीको कप्तान बनेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell