विराटनगरः प्रदेश १ मा मंगलबार ३६२ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये झापामा १२५, सुनसरीमा ११४, मोरङमा ८५, इलाममा ११, संखुवासभामा ३, पाँचथर, तेह्रथुम र उदयपुरमा २र२, धनकुटा, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार झापाको गौरादह, विर्तामोड र दमकमा २६/२६, कनकाईमा ९, बुद्धशान्तिमा ७, अर्जुनधारामा ६, शिवसताक्षी र भद्रपुरमा ५/५, कचनकवल र मेचीनगरमा ४/४, हल्दिबारी र कमल गाउँपालिकामा २, बाह्रदशीमा १ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ।
त्यस्तै, सुनसरीको इटहरी र धरानमा ४९/४९, इनरुवा र बराहक्षेत्रमा ४/४, दुहवीमा ३, रामधुनी, बर्जु, देवानगञ्ज, कोशी गाउँपालिका र स्थानीय तह नखुलेकामा १/१ मा पनि संक्रमण देखिएको छ।
त्यसैगरी, मोरङको विराटनगरमा ५१, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, बेलबारीमा ५, बुढीगंगामा ३, सुनबर्षी, रतुवामाई र उर्लाबारीमा २/२, धनपालथान, कटहरी, रंगेली, जहदा र लेटाङमा १/१ जनामा संक्रमण देखिएको छ।
यता इलामको माईजोगमाईमा ५, चुलाचुलीमा ३, इलाम नगरपालिकामा २ र सुर्योदयमा १, संखुवासभाको खाँदबारी, सभापोखरी र धर्मदेवीमा १/१, पाँचथरको हिलिहाङ र मिक्लाजुङमा १/१, तेह्रथुमको छथर र म्याङलुङमा १/१, उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १/१, धनकुटामा १, भोजपुरको अरुणमा १, खोटाङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा मंगलवार १ हजार ३६१ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १५९ महिला र २०३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ८५ हजार ७६० जनाको पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमितको संख्या २५ हजार ८८० पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा मंगलवार १६१ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट १५६, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३, विराट मेडिकल कलेज र न्यूरो अस्पतालबाट १/१ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार १५१ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा ६ जना सक्रमितको मृत्यु भएको छ। झापामा २ महिला २ पुरुष र मोरङमा २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टाभित्र ६ जनाको मृत्यु भएसंगै प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४९ पुगेको छ। जसमा १०९ महिला र २४० पुरुष संक्रमितले ज्यान गुमाएका छन्।
