PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

प्रदेश १ सरकारलाई रेडक्रसको सहयोग, भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण



फूलमाया पुरी

प्रदेश १ सरकारलाई रेडक्रसको सहयोग, भेन्टिलेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

विराटनगर : प्रदेश १ सरकारलाई नेपाल रेडक्रस सोसाइटीले १८ लाख ५८ हजार बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरलाई नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन्। जसमा एउटा भेन्टिलेटर, ६ हजार थान सर्जिकल मास्क, २ हजार ५ सय जोर ग्लोब्स, ५० थान पीपीई, २ सय थान केएन ९५ मास्क, ५० थान सुरक्षा चस्मा हस्तान्तरण गरिएको हो।

रेडक्रसले हस्तान्तरण गरेको सामग्री ग्रहण गर्दै राज्यमन्त्री गजमेरले संघीय, प्रदेश र  स्थानीय सरकार मात्रै नभएर कोरोना संक्रमण नियन्त्रणका लागि सबै एक ठाउँमा उभिन आवश्यक रहेको बताइन्।

प्रदेश सरकारले प्राप्त गरेको सामग्री कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुलाई वितरण गर्ने गरिएको उनको भनाइ छ। नागरिको जीवन रक्षाका लागि स्वास्थ्य सामग्री प्रयोग गरिने गरिएको राज्यमन्त्री गजमेरले बताइन्।

नेपाल रेडक्रस सोसाइटीकी केन्द्रीय उपाध्यक्ष कार्कीका अनुसार रेडक्रस केन्द्र स्तरमा मात्रै नभई प्रदेश र जिल्ला स्तरमा पुगेर कोरोना संक्रमण जोखिममा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र बिरामीको सघन उपचारमा मद्दत पुर्‍याउने काम गरिरहेको छ।

कोकाकोला र नेपाल रेडक्रस सोसाइटीको साझेदारीमा कोरोना महामारीको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, बिरामी र स्वयंसेवकहरुको सुरक्षाका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी मोरङका सभापति सुवोधकुमार सिंहले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell