PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

नेइमारको गोलमा पीएसजीको संघर्षपूर्ण जित



पहिलोपोस्ट

नेइमारको गोलमा पीएसजीको संघर्षपूर्ण जित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले (पीएसजी) जर्मन क्लब आरबी लाइपजिगमाथि संघर्षपूर्ण जित निकालेको छ। पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोलीले लाइपजिगमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो।

पीएसजीको जितमा नेइमारले निर्णायक गोल गरे। पीएसजीका एन्जेल डी मारियालाई लाइपजिगका खेलाडीले फउल गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै नेइमारले गोल गरेका थिए।

उनले खेलको ११ औं मिनेटमा गरेको गोल नै पीएसजीको जितका लागि निर्णायक बन्यो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले इस्तानबुलमाथि फराकिलो जित निकाल्यो। ओल्ड ट्राफोर्डमा भएको खेलमा घरेलु टोलीले ४-१ को जित निकालेको हो। युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले २ गोल गर्दा मार्कस रासफोर्ड र ड्यानियल जेम्सले समान १/१ गोल गरे। उता इस्ताबुलका लागि डेनिज टुरुकले सान्त्वना गोल फर्काए।

गएरातिको खेलसँगै समूह एचको शीर्षस्थानमा चार खेलबाट ९ अंक जोडेको युनाइटेड छ भने दोस्रो स्थानमा समान खेलबाट ६ अंक बनाएको पीएसजी छ। त्यस्तै तेस्रो र चौथो स्थानमा क्रमश ६ अंक जोडेको लाइपजिग र ३ अंक बनाएको इस्तानबुल छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell