PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

महोत्तरीमा प्रर्दशनका क्रममा प्रहरीको गोली लागेका एक पुरुषको मृत्यु, एक जनाको अवस्था गम्भीर



पहिलोपोस्ट

महोत्तरीमा प्रर्दशनका क्रममा प्रहरीको गोली लागेका एक पुरुषको मृत्यु, एक जनाको अवस्था गम्भीर

काठमाडौंः मंगलवार प्रदर्शनको क्रममा प्रहरीको गोली लागि घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ।

बर्दिबास नगरपालिका वडा नम्बर १ का ४१ वर्षीय संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा मृत्यु भएको हो।

न्यौपानेको प्रहरीले चलाएको गोली तिघ्रामा लागेको थियो। मंगलबार नै उपचारको लागि काठमाडौं ल्याएका उनको आज बिहान २ बजे ग्रान्डी अस्पतालमा मृत्यु भएको हो,' प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल भने।

प्रहरीको गोली लागेर तीन जना प्रदर्शनकारी घाइते भएका थिए। गोली लागेर अफताब आलम र श्याम कार्की गम्भीर घाइते भएका हुन्। बुद्धिराजको तिघ्रामा गोली लागेको र उनको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

आइतबारदेखि हराएकी बर्दिबास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव खातुनको मंगलबार शव फेला परेको थियो। त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा हत्याको अभियोगमा २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको छ।

स्थानीयले मंगलाबार अभियुक्त साहको घरमासमेत आगजनी गरेका थिए। बलत्कारपछि हत्या भएको भन्दै हत्यारालाई कडा सजाय दिनुपर्ने माग स्थानीयले गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell