PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

बालिका हत्या प्रकरणः बर्दिबासमा आज बिहान ९ बजेदेखि निषेधाज्ञा



पहिलोपोस्ट

बालिका हत्या प्रकरणः बर्दिबासमा आज बिहान ९ बजेदेखि निषेधाज्ञा

काठमाडौंः महोत्तरीको बर्दिबास क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। मंगलबार ६ वर्षीया बालिका हत्याको बिरोधमा प्रर्दशन भएपछि आज पनि प्रर्दशन हुनसक्ने आशंकामा जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो।

'अहिलेको अवस्था सामान्य नै छ। तर बर्दिया बजारको अवस्था फेरी बिग्रन सक्छ कि भनेर आज निषेधाज्ञा जारी गरिएको छ,' जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले भने।

जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि ६ बजेसम्म बर्दिया बजार क्षेत्रमा निषेधाज्ञा जारी भएको हो। आइतबारदेखि हराएकी बर्दिबास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव खातुनको मंगलबार शव फेला परेको थियो। त्यसपछि प्रहरीले अनुसन्धानको क्रममा हत्याको अभियोगमा २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको छ।

बालिका हत्यापछि बर्दिबासमा स्थानिय र आफन्तहरुले बिरोध तथा प्रर्दशन गरेका छन्। मंगलबार प्रर्दशन तथा बिरोधलाई नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागि तीन जना घाइते भएका थिए।

घाइतेमध्ये बर्दिबास नगरपालिका वडा नम्वर १ का ४१ वर्षीय संजय भनिने बुद्धिराज न्यौपानेको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।

आज बिहान २ बजे ग्रान्डी अस्पतालमा मृत्यु भएको हो प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल बताए।

स्थानियले मंगलाबार अभियुक्त साहको घर समेत आजजनी गरेका थिए। बलत्कारपछि हत्या भएको भन्दै हत्यारालाई कडा सजाय दिनुपर्ने माग गरिरहेका छन्। स्थानिय प्रशासनले आफन्त, राजनितिक दल र अन्यसँग छलफल जारी राखेको बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell