PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

अर्थमन्त्री बनेपछि पहिलोपटक गृहक्षेत्र पुगेका विष्णु पौडललाई कालो झण्डा



पहिलोपोस्ट

अर्थमन्त्री बनेपछि पहिलोपटक गृहक्षेत्र पुगेका विष्णु पौडललाई कालो झण्डा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ।

मंगलवार बुटवल पुगेका अर्थमन्त्री पौडेल बुधवार  सैनामैनामा आयोजित कार्यक्रममा जाने क्रममा बुटबल स्थित नेपालगञ्ज रोडमा नेपाली कांग्रेसका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन्।

अहिले सैनामैना नगरपालिका सैनामैना मावि र पर्रोहा माविको नव निर्मित भवनको उदघाटन गर्ने कार्यक्रम छ।

लुम्बीनि प्रदेशको राजधानी 'दाङ'सँग  अर्थमन्त्री साटेको आरोप पौडेल माथि लागेको छ। पौडेल रुपन्देही क्षेत्र नम्बर २ का सांसद हुन्। संसदीय चुनावमा बुटवललाई नै स्थायी राजधानी बनाउने नारा दिएर उने चुनाव जितेका थिए।

दाङलाई स्थायी राजधानी कायम गरेपछि बुटवलका नेकपा सम्बद्ध व्यवसायीहरु पनि उनीदेखि रुष्ट छन। उनीहरुले नेकपाबाट सामूहिक राजीनामा समेत दिएका थिए।

पौडेलले मंगलवार साँझ राजीनामा दिएका व्यवसायीहरुसँग समेत छलफल गरेका थिए। सो भेटमा उनले प्रदेशको राजधानी बुटवल कायम गर्न नसके पनि त्यसको भरपाई हुने गरी विकास दिने प्रतिवद्धता जाहेर गरेका थिए। 

तीन दिनका लागि गृह क्षेत्र पुगेका उनले तिनाहुँ दानव  करिडोरको शिलान्यास गर्ने कार्यक्रम समेत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell