PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ग्रेग बार्कले बने आईसीसीको अध्यक्ष



पहिलोपोस्ट

ग्रेग बार्कले बने आईसीसीको अध्यक्ष

इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) को अध्यक्षमा न्युजिल्याण्डका ग्रेग बार्कले निर्वाचित भएका छन्। सन् २०१२ यता न्युजिल्याण्ड क्रिकेटका प्रमुख रहेका ग्रेग आईसीसीको अध्यक्षमा निर्वाचित भएका हुन्।

पछिल्लो समय आईसीसीका पूर्वअध्यक्ष सशांख मनोहरको कार्यकाल जुलाइमा सकिएयता उपाध्यक्ष इमरान ख्वाजालाई अन्तरिम अध्यक्ष बनाइएको थियो।

अध्यक्षमा चयन भएसँगै बार्कलेले यो आफ्नो लागि सम्मानको विषय भएको भन्दै कोभिड १९ को महामारीबाट बाहिर निस्किएर राम्रो अवस्थामा फेरि फर्कने विश्वास गर्दै क्रिकेटलाई अघि बढाउने बताए। आईसीसी बोर्डमा न्युजिल्याण्ड क्रिकेटका प्रतिनिधि रहेका उनले अब उक्त पदबाट राजीनामा दिएर अध्यक्षको पद सम्हाल्ने छन्।

बार्कलेसँग अध्यक्षका लागि यसअघि अन्तरिम अध्यक्षसमेत रहेका ख्वाजाको प्रतिस्पर्धा रहेको थियो। यद्यपि अन्त्यमा बार्कलेलाई नै समर्थन मिल्यो। र दोस्रो चरणमा ११ मत पाउँदै ख्वाजा भन्दा अघि रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell