PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

भक्तपुरमा एक महिलाको ज्यान लिने गरी भएको दुर्घटनामा फरार चालक समातिए



पहिलोपोस्ट

भक्तपुरमा एक महिलाको ज्यान लिने गरी भएको दुर्घटनामा फरार चालक समातिए

काठमाडौंः  प्रहरीले भक्तपुरमा ज्यान जाने गरी भएको सडक दुर्घटनामा फरार एक चालकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले सिराहा गोलबजार बस्ने २४ वर्षीया अर्जुन विकलाई नियन्त्रणमा लिएको हो।

मंसिर ५ गते बिहान करिब ६  बजे बनेपाबाट काठमाडौं आइरहेको सेतो रङको बोलेरो गाडीले भक्तपुर नगरपालिका वडा नम्बर ९ पलासे बस्ने ६५ वर्षीया ललितकुमारी कार्कीलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको थियो। घाइते कार्कीको उपचारको क्रममा अन्पुर्ण न्यूरो अस्पताल काठमाडौंमा उपचारको क्रममा मंसिर ६ गते दिउँसो मृत्यु भएको थियो।

प्रदेश २-०१-००१ च. ०१८० नम्बर को सवारीले ठक्कर दिएको खुलेपछि प्रहरीले चालक बिकलाई नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell