काठमाडौं : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो पार्टी सरकारमा जान्छ भन्ने भ्रममा नपर्न आग्रह गरेका छन्।
उनले बुधवार फेसबुक स्टाटसमार्फत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सरकारको आन्तरिक किचलोमा कांग्रेसको कुनै सरोकार नरहेको पनि बताएका हुन्।
'नेपाल कम्युनिष्ट पार्टी र सरकारको आन्तरिक कलहमा नेपाली कांग्रेसको कुनै सरोकार छैन। नेकपा पार्टी फुट्छ र कांग्रेस सरकारमा जान्छ भन्ने भ्रममा हामी पर्न हुन्न। प्रतिपक्षको हैसियतले जनताको आवाज उठाउन कांग्रेस सडकमा जानु पर्छ,' उनले भनेका छन्।
नेपाल कम्युनिष्ट पार्टी र सरकारको आन्तरिक कलहमा नेपाली कांग्रेसको कुनै सरोकार छैन । नेकपा पार्टी फुट्छ र कांग्रेस...
Posted by Krishna Prasad Sitaula on Tuesday, November 24, 2020
पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता साझेदारीको प्रस्ताव राखेको खबर बाहिरिएपछि कांग्रेस सरकारमा जाने चर्चा चलेको थियो।
सोही विषयमा कांग्रेसका नेताहरुले स्पष्टिकरण दिइरहेका छन्।
