PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

ग्लोबल आइएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी हान्ने समातिए



पहिलोपोस्ट

ग्लोबल आइएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी हान्ने समातिए

काठमाडौंः ग्लोबल आइएमी बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले काठमाडौं थापागाँउ बस्ने ३१ वर्षीय शशी थापालाई नियन्त्रणमा लिएको हो।

'मानिस समातेका छौं। सामाजिक दुरी कायम गरेर लाइन बस्न गार्डले भनेपछि उनैको खुकुरी खोसेर प्रहार गरेको देखियो,' महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले भने।

थापाले गत असोज २९ गते नयाँ बानेश्वरमा रहेको बैकको शाखामा कार्यारत गार्डलाई खुकुरी प्रहार गरेर फरार भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell