PahiloPost

Apr 19, 2026 | ६ बैशाख २०८३

बाइडेन प्रशासनसँग चीनको अपेक्षा, कस्तो होला सम्बन्ध?



पहिलोपोस्ट

बाइडेन प्रशासनसँग चीनको अपेक्षा, कस्तो होला सम्बन्ध?
अगस्ट २१, २०११ मा चीनको सिचुवान प्रान्तको छन्दु स्थित एक होटलमा डिनर गर्दै बाइडेन र सी।

अमेरिका बाइडेन युगमा औपचारिक रुपमा प्रवेश गर्दै छ। अन्तरिम कालका लागि बाइडेनले आफ्नो टिम छनोट गरिसकेका छन्।

यस्तोमा चिनियाँ विज्ञहरुले चीनले बाइडेनको टिमसँग सम्पर्क सुरु गर्न सक्ने बताएका छन्। द्विपक्षीय सम्पर्कका सुत्रहरुको पहिचान गर्दै जलवायु परिवर्तनका विषयमा साझेदारी र कर दायरा घटाउने विषयमा असल सुरुवात हुनसक्ने चिनियाँ विज्ञहरुले बताएका छन्।

बाइडेन प्रशासनमा चीन बुझेका अनुहारहरु रहेको भन्दै यसले चीन अमेरिका बीचको सम्बन्धमा ट्रम्प प्रशासन भन्दा बढी व्यवसायिक, तार्किक र व्यवहारिक दिशामा अगाडि बढाउने विष्लेषण चीनको मुखपत्र ग्लोबल टाइम्सले जनाएको छ।

वाइडेन प्रशासनले चीनलाई पूर्ण रुपमा सत्रुको रुपमा नहेरे पनि चिनियाँ विश्लेषकहरुले अमेरिकी राष्ट्रपतिमा परिवर्तन भए पनि चीनप्रतिको दृष्टिकोणमा परिवर्तन नआउने भन्दै चीनलाई अमेरिकाले रणनीतिक प्रतिस्पर्धीकै रुपमा लिने र युरोप, एसिया र साउथ चाइना सीमा चीनविरुद्ध साझेदारहरुको खोजी गर्ने विश्लेषकहरुले बताएका छन्।

बाइडेनले परराष्ट्र नीति तथा राष्ट्रिय सुरक्षाका क्षेत्रमा टिम छनोट गरिसकेका छन्। जसमा होमल्याण्ड सेक्युरिटीमा अलेजान्ड्रो मेयरकास, विदेश मन्त्रीको रुपमा एन्टोनी ब्लिकेन, राष्ट्र संघको राजदूतको रुपमा लिण्डा थोमस-ग्रिनफिल्ड र राष्ट्रिय सुरक्षा सल्लाहकारको रुपमा ज्याक सुल्लिभानलाई छनोट गरिसकेका छन्।

बाइडेनले छनोट गरेको टिममा परराष्ट्र मामिलामा सञ्चालनमा अनुभव भएको हुँदा उनीहरुले चीनप्रतिको दृष्टिकोण तार्किक र व्यवहारिक राख्नेछन्। परिवर्तित भू-राजनीतिका अलावा, यी अनुभवी अमेरिकी अधिकारीहरुलेले अलवम्वन गर्ने नीति अनुमान गर्न सक्नेखालको हुने केही पर्यवेक्षकहरुले भनेका छन्।

ब्लिकेन र सुल्लिभान चीन नीतिभन्दा पनि बढी आफ्ना गठबन्धनहरुमा केन्द्रित हुने र आगामी ४ वर्ष यही गठबन्धन अमेरिकाको विदेश नीतिको केन्द्रमा हुने देखिन्छ।

'उनीहरुले चीनलाई सत्रुकै रुपमा भन्दा पनि रणनीतिक प्रतिस्पर्धीको रुपमा हेर्ने छन्,' युनिभर्सिटी अफ इन्टरनेशनल रिलेसन बेइजिङका सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल सेक्युरिटी स्टडीका निर्देशक ता वेइले भने।

त्यस्तै, चाइना फरेन अफेयर्स युनिभर्सिटीको इन्स्टिच्यूट अफ इन्टरनेशनल रिलेसनका प्राध्यापक ली हाइदोङले बाइडेनको टिम इलिटहरुको समूह भएको र विदेश मामिलामा बहुआयामिकतामा विश्वास राख्ने हुँदा अनुमान गर्न सकिने बताउँछन्। यो टिमले अमेरिकी नेतृत्व र उसका गठबन्धनबीचको सम्बन्धलाई सुधारमा केन्द्रित हुने उनको विश्लेषण छ।

'यो ट्रम्पको जस्तो अनुभव नभएकाहरु र अतिवादीको टिम होइन्। जसले संरक्षणवाद र राष्ट्रवादलाई मान्छ,' उनले भने।

यता चाइना इन्स्टिच्यूट अफ कन्टेम्प्रोअरी इन्टरनेशनल रिलेसनको इन्स्टिच्यूट अफ अमेरिका स्टडीका रिसर्च फेलो सन चङकाहो भन्छन्- 'बाइडेनको टिममा परिचित अनुहार भए पनि यसको मतलव यो होइन कि अमेरिका ओवामा दृष्टिकोणमा फर्कियो।'  

'समय परिवर्तन भएको छ। ट्रम्पले छाडेको कुटनीतिक लिगेसीलाई यी पुराना अनुहारहरुले परिवर्तन गर्दै सन्तुलित त बनाउने छन्। तर पनि अमेरिकी कंग्रेसमा चीन विरोधीहरुको बाहुल्यता अझै छ,' सनले भने।

वाइडेन प्रशासनका परिचित अनुहारहरुले चीनसँगका मुख्य मुद्दाहरुलाई सुल्टाउने छैनन्। किनकि अमेरिकाले चीनलाई सँधै साझेदारसँगै रणनीतिक प्रतिस्पर्धीको रुपमा हेर्दै आएको छ। विशेष गरी साउथ चाइना सी, ताइवान र मानवअधिकारको मुद्दा उसले उचालिरहने उनले बताए।

अमेरिकन स्टडिजका एक विज्ञले भने विदाई हुन लागेका ट्रम्पलाई चीनले उत्तम सद्भावपूर्ण विदाई गर्नसक्ने बताउँछन्। त्यसका लागि उनलाई ह्वाइट हाउस छाड्नु अगाडि एक पटक चीनमा स्वागत गर्नसक्ने समेत उनले बताए।

बाइडेन औपचारिक रुपमा ह्वाइट हाउस प्रवेश गर्ने समयसम्मका लागि चयन भएका अधिकारीहरुले चीनसँग पूर्ववत सम्पर्कका माध्यमहरु मार्फत् संवादको सुरुवात गर्ने घोषणा गरेका छन्। ट्रम्प प्रशासनका बेला पाण्डेमिक विरुद्धको साझेदारी जनसम्पर्क र सैन्य वार्ता रोकिएका थिए।

चिनियाँ अधिकारीहरुले दुई सरकारबीचको संवाद पुन: सुरु हुने अपेक्षा गरेका छन्। बन्द भएका कन्सुलेटहरु पुन: सुरु हुनुका साथै विद्यार्थीहरु, विज्ञहरु तथा पत्रकारहरुलाई सामान्य सम्पर्क कायम गर्न दिइने अपेक्षा राखिएको छ।

यसअघि अमेरिका र चीनले एकअर्काका एक/एक कन्सुलेट कार्यालय बन्द गराएका थिए भने एक अर्का देशका पत्रकारहरुमाथि प्रतिबन्ध लगाएका थिए।

'चीन र अमेरिकाबीचको वैज्ञानिकहरुसँगको नियमित संवाद तथा भ्याक्सिनको वितरण जस्ता विषयमा डब्लुएचओको फ्रेमवर्कमा रहेर साझेदारी हुनु एउटा असल सुरुवात हो,' सनले भने।

यद्पि, वाइडेन प्रशासनका लागि पहिलो प्राथमिकता भने आन्तरिक मामिला नै हुनेछ। कोभिड-१९ नियन्त्रण, अर्थतन्त्रको पुनर्उत्थान तथा बढ्दै गएको नश्लवादी मामिलाका साथै जलवायु परिवर्तनको विषय प्राथमिकतामा पर्नेछ।

चाइनिज एकेडेमी अफ सोसल साइन्सको इन्स्टिच्यूट अफ अमेरिका स्टडीका सिनियर फेले युआन चङ बाइडेन प्रशासनका लागि यो चुनौतीपूर्ण काम हुने बताउँछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell