PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

नेपाललाई तीन स्वर्णसहित १० पदक



पहिलोपोस्ट

नेपाललाई तीन स्वर्णसहित १० पदक

काठमाडौं: पाकिस्तान गोजुरियो कराते महासंघको आयोजनामा भएको ओपन २०२० वर्ल्ड वाईड ई–काता च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, ५ रजत र ३ कास्य गरि १० पदक हात पार्न सफल भएको छ।

नेपाली खेलाडी सञ्जु देशार, सुबिता गौतम र अनुभा मग्रातीले स्वर्ण दिलाएका हुन्।

महिला १४ देखि १८ बर्ष एडभान्स समूहमा सञ्जुले फिलिपिन्सकी काई डेनिस्टल बोनो अक्विनोलाई फाइनलमा हराउँदै नेपालका लागि स्वर्ण दिलाएकी प्रतियोगितामा निर्णायक तथा प्रशिक्षक रवि शाहीले जानकारी गराएका छन्।

सुविता गौतमले नेपालकै जुलियाना मोक्तानलाई रजतमा खुम्चाउँदै स्वर्ण हात पारिन्। गौतमले १० बर्ष मुनि इन्टरमिडियट विधामा उक्त पदक प्राप्त गरेकी थिइन्। नेपालका लागि स्वर्ण जित्ने क्रममा अर्की खेलाडी अनुभाले ११ देखि १४ बर्ष इन्टरमिडियट विधामा नेपालकै नान्सी क्षेत्रीलाई पराजित गर्दै स्वर्ण पोल्टामा हालिन्।

१० दिन अगाडी मात्र क्यानडा कराते संघको आयोजनमा भएको सातो कप इन्टरनेशनल २०२० मा नेपालका लागि स्वर्ण दिलाएका प्रशिक्षक एवं खेलाडी रविन्द्र मानन्धर भने रजतमानै खुम्चन बाध्य भए। मानन्धर पुरुष ४५ बर्ष एडभान्स विधामा मोरोक्कोका अजिर कायरसंग पराजित हुँदै रजतमा खुम्चन बाध्य भए। यस्तै २२ देखि ४५ महिला एडभान्स विधामा रिना श्रेष्ठ ईटालीकी ईलियोनोभा कोलेट्टोसँग पराजित हुँदै रजतमा नै चित्त बुझाइन्। सातो कपमानै स्वर्ण दिलाउन सफल नेपाली अर्की खेलाडी निता आचार्य पनि रजतमा खुम्चिइन्। १९ देखि २१ बर्षको गल्र्स एडभान्स विधामा आचार्य इटलीकी सारा लङ्गो संग पराजित भएकी थिइन्।

सत्कार घर्ती मगर र राजकुमार श्रेष्ठ भने कास्य पदक भन्दा माथि पुग्न सकेनन्। मगर १० बर्ष मुनि ब्वाईज एडभान्समा र राजकुमार २२ देखि ४५ बर्ष एडभानसमा पराजित हुँदै कास्यमा सीमित भएका हुन्।

२० देखि २१ नोभेम्बर संम्म संचालित च्याम्पियनसिपमा नेपाल सहित १६ राष्ट्रका २५० खेलाडीहरुले अनलाइन मार्फत सहभागिता जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell