काठमाडौं : पछिल्लो २४ घण्टामा थप एक हजार ९४८ जना कोभिड-१९का संक्रमित पहिचान भएका छन्। पछिल्लो २४ घण्टामा भएको ९ हजार २१० नमुना परीक्षण मध्ये करिब ५ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ। यसबीच कूल परीक्षणको २१.१५ प्रतिशतमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।
यससँगै नेपालमा हालसम्म दुई लाख २६ हजार २६ जनामा संक्रमण पुष्टि भइसकेको छ।
यसैबीच पछिल्लो २४ घण्टामा थप २४ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। यससँगै नेपालमा मृत्यु हुनेको संख्या एक हजार ३८९ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र तीन हजार १४० जना संक्रमित संक्रमण मुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७ हजार ९९८ पुगेको छ।
हाल नेपालमा १६ हजार ६३९ सक्रिय संक्रमित छन्।
