PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने फेरि अर्को ठगी धन्दामा समातिए



पहिलोपोस्ट

नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने फेरि अर्को ठगी धन्दामा समातिए

काठमाडौं : नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले उनलाई आज दिउँसो काठमाडौंको चण्डोलबाट पक्राउ गरेको हो। उनलाई ठगी अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको व्यूरोका डीआइजी सहकुल थापाले बताए।

'उनीबिरुद्ध करौडौंको ठगी गरेको उजुरी परेको छ। त्यसैको अनुसन्धान गर्दा ठगी गरेको देखिएकाले नियन्त्रणमा लिएका हौं,' डीआइजी थापाले भने।

उनीबिरुद्ध इन्जिनियरिङ कलेज सम्पतिमा विभिन्न तरिकाले ठगी गरेको प्रहरीले जानकारी दिएको छ। २३ करोड १० लाख २३ हजार रुपैयाँ ठगी गरेको देखिएको छ।

उनी २०७० मंसिर २३ गतेदेखि २०७५ असोज १५ गतेसम्म इन्जिनियरिङ कलेजको अध्यक्ष थिए।

उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट घुस प्रकरणमा धरौटीमा छुटेका व्यक्ति समेत हुन्। त्यस्तै उनी माथि सम्पत्ति शुद्धिकरण विभागबाट पनि अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell