PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

विराटनगरका १२१ सहित प्रदेश १ मा ३७२ संक्रमित थपिए : १३८ डिस्चार्ज, ९ जनाको मृत्यु



फूलमाया पुरी

विराटनगरका १२१ सहित प्रदेश १ मा ३७२ संक्रमित थपिए : १३८ डिस्चार्ज, ९ जनाको मृत्यु

विराटनगर : प्रदेश १ मा बुधवार ३७२ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये मोरङमा १५९, झापामा ९७, सुनसरीमा ५७, संखुवासभामा २७, इलाममा १२, पाँचथरमा ४, भोजपुरमा २, तेह्रथुम र उदयपुरमा १/१ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा १२१ जनामा संक्रमण देखिएको छ। लेटाङ, बेलबारी र बुढीगंगामा ६/६, रंगेलीमा ४, उर्लाबारी र रतुवामाईमा ३/३, सुन्दरहरैचा र कटहरीमा २/२, मिक्लाजुङ, ग्रामथान र धनपालथानमा १/१,  र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ।

त्यस्तै, झापाको झापा गाउँपालिकामा ३४, भद्रपुरमा २२, दमकमा ११, विर्तामोडमा १०, अर्जुनधारामा ५, कनकाई, बुद्धशान्ति, हल्दिबारी, मेचीनगर, शिवसताक्षी र गौरादहमा २/२ र गौरीगञ्ज र स्थानीय तह नखुलेका १/१ जनाको रिपोर्ट पोजिटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

त्यसैगरी, सुनसरीको इटहरीमा २८, धरानमा १३, रामधुनी र इनरुवामा ५/५, दुहवीमा २, भोक्राहानरसिंह र गढीमा १/१ र स्थानीय तह नखुलेका २, संखुवासभाको खाँदबारीमा २७, इलामको इलाम नगरपालिकामा १०, रोङ र देउमाईमा १/१ जना संक्रमित भएका छन्।

यता पाँचथरको फिदिममा ४, भोजपुरको अरुण र स्थानीय तह नखुलेका १/१, तेह्रथुमको लालीगुराँसमा १, उदयपुरको कटारीमा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बुधवार १ हजार २३८ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएकामध्ये १४७ महिला र २२५ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो। हालसम्म १ लाख ८६ हजार ९९८ जनाको पीसीआर परीक्षण गरिएकोमा कोरोना संक्रमितको संख्या २६ हजार २५२ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बुधवार १३८ जना डिस्चार्ज भएका छन्। होमआईसोलेसेनबाट १३७ र मेची अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २१ हजार २८९ पुगेको छ।

पछिल्लो २४ घण्टाभित्र प्रदेश १ मा ९ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। कोरोना संक्रमित ३ महिला र ६ पुरुषको मृत्यु भएको हो। मोरङमा एक महिला सुनसरीमा २ महिला र ५ पुरुष र प्रदेश १ बाहिरका एक संक्रमित पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५८ पुगेको छ। जसमा ११२ महिला र २४६ पुरुष रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell